आर्थिक

हाम्रो विकास बैंकको शाखा ककनीमा

काठमाडौ । हाम्रो विकास बैंकले  नयाँ शाखा नुवाकोटको ककनी गाउँलाकिकाको रानीपौवा बजारमा सञ्चालनमा ल्याएको छ ।बैंकले  पाँच औँ शाखाको रुपमा उक्त शाखाको उद्घाटन गरेको हो । शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् ।साे उद्घाटन समारोहमा डेप्यूटी गर्भनर शिवाकोटीले ग्रामिण क्षेत्रहरुमा वित्तीय सेवा विस्तार गरेकोमा हाम्रो विकास बैंकलाई शुभकामना दिँदै स्थानीय सर्वसाधारणलाई बैंकिङ कारोबार गर्नको लागि प्रोत्साहन गरे ।  

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकको ब्रान्ड एम्बेस्डर मनिषा कोइराला

काठमाडौं । एनआईसी एसिया बैंकले अभिनेतृ मनिषा कोइरालालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । बुधबार एक कार्यक्रम गर्दै बैंक तथा अभिनेतृ कोइरालाबीच उक्त सम्झौता भएको हो । साे सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र अभिनेतृ कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अभिनेत्री कोइरालाले दुई वर्षसम्म बैंककोे ब्रान्ड एम्बेस्डरका रूपमा व्यवसाय प्रवद्र्धन तथा अन्य गतिविधिमा प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा बोल्दै अभिनेतृ कोइरालाले बैंकबाट ब्रान्ड एम्बेस्डरको प्रस्ताव भएपछि आफूले बैंकसम्बन्धी …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले भूकम्प पिडितलाई नगद वितरण

काठमाण्डौं । विश्व खाद्य कार्यक्रम (World Food Program) द्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको सेमजोङ्ग गा.वि.स. मा असार २० – २२ गते सम्म तीन दिने नगत वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ ।विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगत वितरण (Cash Camp) कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा ७३० परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायवल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति

काठमाडाै ।ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाईअसार २५ गते प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ । माननिय अर्थमन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की ज्यूले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गर्नुभयो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामिणस्तर सम्म १७ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको र उक्त बैंकको रु.८ अर्व निक्षेप, रु.७ अर्व कर्जा तथा रु.१ अर्व १ …

पुरा पढ्नुहॊस »

भिबोर सोसाइटीमा लुम्बिनी फाइनान्स गाभियो, लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार शुरु

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.मा लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लि. गाभिएको छ । आइतबार उक्त फाइनान्स भिबोर सोसाइटी डेभलपमेन्टमा गाभिई लुम्बिनी विकास बैंक लि.को नामबाट एकिकृत कारोवार शुरु गरेको छ । दुई बैंक गाभिए पश्चात बनेको नयाँ विकास बैंकको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले आइतबार एक कार्यक्रम बीच गरेका हुन् । उक्त विकास बैंकको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान …

पुरा पढ्नुहॊस »

क्लिन फिड लागू नगर्न केवल टिभीहरुको संस्था तथा डिटिएच कम्पनीले गरे माग, विज्ञप्ति सहित

काठमाडौं । सरकारले क्लिन फिड अर्थात् विज्ञापनरहित टेलिभिजन च्यानल प्रशारण लागू गराउने प्रकृयामा रहेकाे छ तर यसकाे संभावना नरहेको यस क्षेत्रमा आबद्धता भएका व्यवसायी संस्थाहरुले जानकारी दिएका छन् । अार्इतवार केबल टेलिभिजन प्रसारकहरुको संस्था नेपाल केवल टेलिभिजन महासंघ , नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ तथा डिटिएचबाट टेलिभिजन च्यानल सेवा संचालन गरिरहेको डिस होमले संयुक्तरुपमा क्लिन फिडको विरोधमा प्रधानमन्त्री तथा सुचना तथा संचार मन्त्रालयका सचिव समक्ष ज्ञापन पत्र बुझाएका छन् । ती …

पुरा पढ्नुहॊस »

आज दिउसाे १ बजे मौद्रिक नीति आउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दिउसाे १ बजे आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ । राष्ट्र बैंकले दरबारमार्गस्थित याक एण्ड यति होटलबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । सरकारको नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनको आधार मानिने मौद्रिक नीतिबाट वित्तिय क्षेत्रले ठुलै राहत पाउने अपेक्षा गरेको छ ।

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको महिलाहरुलाई बैकिङ जनचेतना कार्यक्रम

काठमाडौं । हिमालयन बैंकले मिट एण्ड ग्रेट श्रृंखला अन्तर्गत विमेन फेडेरेशन फर वल्र्ड पिस नेपालमा आवद्ध तथा समाजका विविध क्षेत्रमा सकृय महिलाहरुका लागि काठमाडौंमा वित्रीय जागरण तथा आधारभूत बैंकिङ्ग सचेतना कार्यक्रम सम्पन्न गरेको छ । साे कार्यक्रममा विभिन्न क्षेत्रका करीव ९० जना महिलाहरुको सहभागिता रहेकाे थियो । मिट एण्ड ग्रेट श्रृंखला अन्तर्गतको यो दोश्रो कार्यक्रम भएकाे वतार्इएकाे छ । साे समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराले बैंकिङ्ग क्षेत्रलाई प्रयोग …

पुरा पढ्नुहॊस »

अब देखि सेयर कारोबार अनलाइनबाट

काठमाडौं । अागामी कात्तिक २१ देखि सेयर कारोबार अनलाइन माध्यमबाट गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेन्जका महाप्रवन्धक सिताराम थपलियाले पत्रकार सम्मेलन गर्दै कात्तिक २१ देखि सेयरको अनलाइन कारोबार हुने जानकारी दिए । कम्पनीका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका उच्च अधिकारीलाई परियोजनाको बारेमा जानकारी गराएको थियो । ‘प्रस्तावित प्रणालीको विभिन्न मोडुलहरुमा समानान्तर ढंगले काम भइरहेको छ,’ चौधरीले भने, ‘आगामी कात्तिकको तेस्रो साता प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न सक्नेछन् ।’

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको नयाँ शाखा कालिकोटमा

काठमाडौं । एनआईसी एशिया बैंकको असार २२ गतेबाट खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्मा, कालिकोटमा नयाँ शाखा सञ्चालनमा आएको छ ।एक समारोहकाबीच खडाचक्र नगरपालिकाका मेयर जसि पाण्डे तथा कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाहीले संयुक्त रुपमा विधिवत् उद्घाटन गरे ।   शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर १ सय १७ …

पुरा पढ्नुहॊस »