सिटिजन्स बैंकको नयाँ शाखा पाल्पाको छहरामा

काठमाडौं । सिटीजन्स बैंकले आफ्नो ६० औं शाखा पाल्पाको छहरामा उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आइतबार उद्घाटन गरी बैंकिङ्ग कारोबारको सुरुवात गरेको छ ।

छहारा शाखाको उ्घाटनसँगै सिटीजन्स  बैंकको ६० वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जानकारी  बैंकले  दिएको छ । साथै, ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस