आर्थिक

नयाँ नोट रु १० को बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँको नयाँ नोट पनि मंगलबारबाट  चलनचल्तिमा  ल्याएको छ । साविकको ३ वटा कृष्णसारको सट्टामा एउटा कृष्णसारको चित्र रहेको राष्ट्र बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकको हकप्रद शेयर सूचिकृत

काठमाडौं । सनराइज बैंक लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ करोड ५६ लाख ४८ हजार ९ सय २७ कित्ता शेयर सोमबार सूचिकृत भएको नेप्सेले वताएकाे छ ।

पुरा पढ्नुहॊस »

लुम्बिनी बिकास बैंकको ५६ औं शाखा चितवनको पर्साढापमा

काठमाडौं । लुम्बिनी बिकास बैंकले ५६औं शाखा कार्यालय चितवनको पर्साढापमा विस्तार गरेको छ ।बैंकले उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैंकिङ, रेमिटेन्स, लकर्सलगायतका सेवाहरु उपलब्ध गराउँदै आएको र निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ ।  

पुरा पढ्नुहॊस »

इलाम र झापामा एनआईसी एशिया बैंकको शाखारहित बैकिङ सेवा

काठमाडौं । इलाम र झापामा एनआईसी एशिया बैंकको शाखारहित बैकिङ   सेवाको शुरुवात गरेको  बैंकले  जनाएको छ ।इलामको सन्दकपुर गाउँपालिकास्थित देउराली बजार,  झापा जिल्लाको बुद्घशान्ति गाउँपालिकास्थित शान्तिनगर गडी गाउँ बजार र इलाम जिल्लाको रोङ्ग गाउँपालिकास्थित कुटी डाडाँ बजार शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  

पुरा पढ्नुहॊस »

ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव ,मेला अवधिभर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने

काठमाडौं ।राजधानीको न्यूरोडमा ताम्राकार मोबाइल कम्प्लेक्समा बिहिबारबाट मोबाइल महोत्सव सुरु भएको छ । ताम्राकार कम्प्लेक्स मोबाइल महोत्सव मेला अवधिभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने गरेकोे छ । सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिएको छ । साथै, चाडपर्वको अवसरमा विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन लक्की ड्र मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ …

पुरा पढ्नुहॊस »

नेपाल बंगलादेश बैंकले१६ प्रतिशत लाभाँश दिने

काठमाडौं । नेपाल बंगलादेश बैंकले झण्डै १६ प्रतिशत नगद लाभाँश दिने भएको छ । गत अर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकले  जनाएको छ ।बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाबाट पारित हुने बाँकी छ ।  

पुरा पढ्नुहॊस »

लुम्बिनी बिकास बैंकको नयाँ शाखा

काठमाडौं । लुम्बिनी बिकास बैंकले  कुरिन्टारमा शाखा विस्तार गरेको छ । स–साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको छ ।

पुरा पढ्नुहॊस »

एनएमबि बैंकको “एक घर एक खाता” अभियान दोस्रो चरणमा

काठमाडौं । एनएमबि बैंकले “एक घर एक खाता” अभियानको दोस्रो चरणको सुरुवात गरेको छ ।अभियानको प्रर्वधकदुतका रुपमा नेपाली सिने क्षेत्रका अभिनेता राजेश हमाललाई लिएर देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गर्नेे बैंकले जनाएको छ ।अभियानको मुख्य उद्देश्य हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् । साथै, यस वित्तीय प्रणालीबाटै कारोवार गर्ने, वित्तिय साक्षरता बढाउने, बचत गर्ने बानी बसाउने तथा डिजिटल बैकिङ्गको अवधारणालाई समेत आत्मसाथ गराउने बिश्वास लिएको छ ।     …

पुरा पढ्नुहॊस »

स्ट्याण्डर्ड चाटर्ड बैंकमा नयाँ सञ्चालक नियुक्त

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकमा  दुई जना नयाँ सञ्चालक नियुक्त भएका छन् । भदौ १९ गते बसेको बैंक सञ्चालक समितिले करेन डिअलविस र मन बहादुर राईलाई नयाँ सञ्चालकमा नियुक्त गरेको हो । डिअलविसलाई स्ट्याण्डर्ड चाटर्ड बैंक ग्रीन्डलेस अष्ट्रेलियाका तर्फबाट सञ्चालक नियुक्त गरिएको हो भने राईलाई साधारण सेयर धनीका तर्फबाट सञ्चालक नियुक्त   गरेको हो ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको १६ प्रतिशत बोनस सेयर स्वीकृत

काठमाडौं । सिटिजन्स बैंकको बोनस १६ प्रतिशत बोनस स्वीकृत भएको छ ।  नेपाल राष्ट्र बैंकले सिटिजन्स  बैंकको १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत गरेको हो ।

पुरा पढ्नुहॊस »