आर्थिक

नेपाल बङ्गलादेश बैंकको थप तीन नयाँ शाखा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले थप तीन नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको दलदले, ईटहरी बजार र सिन्धुवा बजारबाट नयाँ शाखाहरुको औपचारिक शुभारम्भ गरेको छ । उक्त कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थिति र बैंकका संचालकहरुको सभापतित्व तथा नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीद्वारा उद्घाटन गरिएको थियो ।

पुरा पढ्नुहॊस »

एनसीसी बैंकको नयाँ शाखा भक्तपुरको सूर्यविनायकमा

 काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले शुक्रवार भक्तपुरको सूर्यविनायकमा शाखा संचालनमा ल्याएको छ ।उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका थिए ।

पुरा पढ्नुहॊस »

सप्तकोशी डेभलपमेन्ट बैंकको शाखा मोरङको केराबारी र बिराटचोकमा

काठमाडौं ।  सप्तकोशी डेभलपमेन्ट बैंकले मोरङ जिल्लाको केराबारी र   बिराटचोकमा  २ वटा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । उक्त शाखाको   उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन् ।

पुरा पढ्नुहॊस »

एसबीआई बैंकले ल्यायो प्रिमियम बचत खाता योजना

काठमाडौं । नेपाल एसबीआई बैंकले ‘सेभ टुढे फर बेटर टुमरो’ नामक प्रिमियम बचत खाता योजना ल्याएको छ । बैंकले धैरै पैसा जम्मा गर्ने ग्राहकलाई लक्षित गरी  योजना ल्याएको हो । उक्त योजना अन्तर्गत ग्राहकले लकर सुबिधामा ५० प्रतिशत छुट समेत पाउने छन् । साथै, ग्राहकले रेमिटन्यास चार्जमा ५० प्रतिशत छुट र रियल टाइम ग्रस सेटलमेन्टमा कमिसन पाउने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

विदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको विदाका केही दिनमा बैंक खोल्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले  निर्देशन जारी गरी असोज ७, ११, १२, १५ र १६ गते सार्वजनिक विदाको दिन बैंक तथा चेक किलियरेन्सको काम गर्न निर्देशन दिएकाे हाे । सो दिनमा पनि राजश्व संकलन हुने भएकाले बैंक खोल्न राष्ट्र बैंकले भनेकाे हो । यसअघि अर्थमन्त्रालयले विदाको दिनमा पनि बैंक खोल्न पत्राचार गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो …

पुरा पढ्नुहॊस »

टेलिकमले ल्यायो रिचार्जमा बोनस, डाटा र एसएमएसमा थप सुविधा

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा थप सुविधा ल्याएको छ । रिचार्जमा बोनसः जिएसएम तथा सिडिएमए पि्रपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म रु. ५०, रु. १००, रु. २००, रु. ५०० र रु. १०००का रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ ।   युट्युब डाटा प्याकेज ः जिएसएम पि्रपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा …

पुरा पढ्नुहॊस »

टेलिकमको ‘वाउटाइम’ एप्स सञ्चालनमा लाइभ टिभी, मुभी,भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न

काठमाडौं । नेपाल टेलिकमले आफ्नो नयाँ  ‘वाउटाइम’ एप्स सञ्चालनमा ल्याएको छ । उक्त एप्स मार्फत टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिन्छ । भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना छ । त्यसैगरी, विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा …

पुरा पढ्नुहॊस »

एसबीआई बैंकले अटोलोन तुरुन्तै दिने

काठमाडौं । नेपाल एसबीआई बैंकले  दशै र तिहारको अवसर पारेर आकर्षक ब्याज दरमा अटोलोन दिने योजना ल्याएको छ ।नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी अटोलोन खुला गरेपछि बैंकले गाडी किन्नेलाई कर्जा दिने योजना ल्याएको छ ।अटोलोनको अवधि न्युनतम ७ वर्ष, मासिक किस्तामा कर्जा तिर्ने व्यवस्था, ६५ प्रतिशत बैंकले कर्जा लगानी गर्ने र प्रक्रिया तुरुन्त सुरु हुने बैंकले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

सामसुङ ग्यालेक्सी नोट-८ नेपालमा

काठमाडौं । सामसुङले  ग्यालेक्सी नोट-८ लाई   नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ । काठमाडौंमा एक विशेष समारोहका बीच सामसुङ  ग्यलेक्सी नोट-८ सार्वजनिक गरेको थियो ।कम्पनीले नोट -८ सार्वजनिक गरेसँगै प्रि-बुकिङ पनि खुला गरेको छ । यस्तो छ सामसुङ  ग्यलेक्सी नोट-८ फिंगर टिप, सुधारिएको सेन्सिभटीजस्ता विशेषता युक्त एसपेन ले प्रयोगकर्तालाई अन्य स्टाइलस स्मार्टफोनको तुलनामा वेग्लै अनुभव प्रदान गर्छ । जीआइफ सपोर्ट सुविधाले सन्देश आदान प्रदानमा जिवन्तता प्रदान गर्दछ । अल्वेज अन डिस्प्ले को …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले बाढी पीडितलाई ११ लाख रुपैयाँको आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले हालै देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढी तथा भूक्षयमा परि घरवार विहीन भएकाहरुको सहयोगार्थ ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराणाले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवालाई सो रकम बराबरको चेक …

पुरा पढ्नुहॊस »