आर्थिक

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको बुढीबजारमा

काठमाडाैं । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय पोखरा महानगरपालिका २६ बुढीबजारमा संचालनमा आएको छ । शाखाको बैंका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले एक समारोहकाबीच उद्घाटन गरे ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमईका ग्राहकले नेपाल क्यान्सर हस्पिटलमा छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।उक्त सम्भौतापत्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे । …

पुरा पढ्नुहॊस »

“एक शिक्षक एक ल्यापटप”अभियानमा मुक्तिनाथ विकास बैंकको साथ

काठमाडाैं ।नेपालका सरकारी,सामुदायिक तथा नीजि विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याई प्रबिधियुक्त विद्यालय बनाई श्रृब्यदृष्य समाग्री मार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैंक र आईसिटी ईन एजुकेशन नेपाल वीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल  र आईसिटीईन एजुकेशन नेपालको तर्फबाट प्रबन्ध निर्देशक मोहन बहादुर राउतले हस्ताक्षर गरेका छन् । …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकलाई नर्भिकमा विशेष छुट

काठमाडौं।बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा  विशेष छुटको व्यवस्था गरेको छ ।सम्झौता अनुसार  बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत नर्भिकमा अधिक्तममा ३० प्रतिशत सम्म  छुट पाउने छन् ।

पुरा पढ्नुहॊस »

मेनिटू ग्रुपको टेरेक्स ब्राण्डको भैकुलोडरको शोरुम वीरगंजमा पनि खुल्यो

वीरगंज । प्रसिद्ध कम्पनी मेनिटू ग्रुपको टेरेक्स ब्राण्डको भैकुलोडरको शोरुम वीरगंजमा पनि खुलेको छ । वीरगंजको श्रीपुर त्रिमूर्ति चोकमा रहेको अर्चना इंटरप्राइजेजले सो कम्पनीको भैकुलोडरको वीरगंज क्षेत्रको आधिकारिक बिक्रेताको रुपमा सम्बन्ध लिई एक कार्यक्रमकाबीच शुभारम्भ गरेको जनाएको छ । अटो-इलेक्ट्रो-मेक प्रालि काठमाण्डौ अन्तर्गत रही अर्चना इंटरप्राइजेजले वीरगंज र आसपासका जिल्लाहरुमा बिक्री वितरण गर्ने अर्चना इंटरप्राइजेजका संचालक संजोग कुमार गुप्ताले जानकारी गराए। विकास निर्माणका कार्यहरुमा अति आवश्यक प्रविधि र साधनको रुपमा …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा सुर्खेतको मेहलकुनामा बीमा जागरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । साे कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । व्यापक स्थानीय जनसमुदायको सहभागीता रहेको साे कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवनबीमाको महत्ववारे जानकारी गराएका थिए । 

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कुल ब्याग, पोसाक तथा सरसफाइका सामान वितरण

काठमाडाैं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको चन्द्रौटा शाखा कार्यालयले खुरखुरीया कपिलवस्तु स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको छ । बैंकले सरसफाइसम्बन्धी सामानहरु कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत कुल १५० विद्यार्थीहरुलाई वितरण गरेको थियो भने स्कुल ब्याग कक्षा १ देखि कक्षा ५ मा अध्ययनरत …

पुरा पढ्नुहॊस »

जनता बैंक र नेपाल नेत्रज्योती संघबीच सम्झौता

काठमाडौं । जनता बैंक र नेपाल नेत्रज्योति सँघबीच  सम्झौता  भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत चालु आर्थिक बर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर संचालन गर्ने विषयमा सम्झौता गरेको हो ।सम्झौता अनुसार शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने विरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने छ । यस बर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको छ …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा दार्चुलास्थित हिकिलामा

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले दार्चुलामा नयाँ  शाखा विस्तार गरेको छ। दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा बैंकले शाखा खोलेको हो। यो बैंकको  ७८ औं शाखा हो । बैंकका १०७ वटा एटिएम छन्।बैंकको संजालमा भिसा तथा एनपिएन सदस्य बैंकका १ हजार बढी एटिएम रहेका छन्। ३ हजार बढी पस टर्मिनल जडान भइसकेका छन्। बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड लगानी गरिसकेको छ।

पुरा पढ्नुहॊस »

रिलायन्स इन्स्योरेन्सको शाखा नुवाकोटकाे बट्टारमा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नुवाकोटकाे बट्टार बजारमा औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।उक्त शाखा नुवाकोट उद्याेग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गरे । रु दुई अर्ब १० करोड चुक्ता पूँजी रहेको इन्स्योरेन्सका हाल ४० शाखा स्थापना भएका छन् ।

पुरा पढ्नुहॊस »