“एक शिक्षक एक ल्यापटप”अभियानमा मुक्तिनाथ विकास बैंकको साथ

काठमाडाैं ।नेपालका सरकारी,सामुदायिक तथा नीजि विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याई प्रबिधियुक्त विद्यालय बनाई श्रृब्यदृष्य समाग्री मार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैंक र आईसिटी ईन एजुकेशन नेपाल वीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल  र आईसिटीईन एजुकेशन नेपालको तर्फबाट प्रबन्ध निर्देशक मोहन बहादुर राउतले हस्ताक्षर गरेका छन् ।

यस योजना अन्तर्गत सरकारी,सामुदायिक  तथा नीजि विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्यापटप खरिदका लागि मुक्तिनाथ विकास बैंकले सरल प्रकृयामा कर्जा उपलब्ध गराउने छ ।

यो कर्जा मुक्तिनाथ विकास बैंकको नेपाल अधिराज्यभरका शाखा कार्यालयहरुबाट उपलब्ध गराईनेछ । यसबाट विद्यालय,शिक्षक र बिद्यार्थिहरु समेत लाभान्वित हुने र विद्यालयको शैक्षिक गुणस्तरमा प्रभावकारीता आउने अपेक्षा गरिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र खल्ती बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस