आर्थिक

सरल कर्जा उपलब्ध गराउन सरकारलाई चुनौती, ऋणका लागि १५ हजार आवेदन

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका युवाको ठूलो समूह सरल कर्जा फारम भर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा लाइन लागिरहेको छ। सरल कर्जाका लागि आवेदन म्याद पुस मसान्त (आज) सम्म भएकोले ऋण लिएर उद्यमी बन्न चाहने युवाको भीड बोर्डमा देखिएको हो। सरकारले सोचेभन्दा निकै ठूलो संख्यामा युवा कर्जाका लागि आकर्षित भएर आवेदन दिइरहेका छन्। सहुलियत कर्जा वितरणमा सरकारलाई भने निकै चुनौती देखिएको छ। सरकारले फारम भर्नेजति सबैलाई सरल कर्जा उपलब्ध गराउन सक्छ …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूको मूल्य समायोजन

काठमाडौं । बैंक अफ काठमाण्डूको १४ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २ सय ८८ दशमलव ६० तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य रू. ३ सय २८ दशमलव ३० लिएको हो ।

पुरा पढ्नुहॊस »

एनएमबि माइक्रोफाइनान्सको बोनस सेयर पारित, हकप्रद पनि जारी गर्ने

काठमाडाैँ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर दिने भएको छ । लघुवित्तले आर्थिक बर्ष २०७४/७५को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर जारी गरे पश्चात कायम हुने कुल चुक्ता पुँजीको १ः१.५ दरले हकप्रद सेयर जारी गरी  पुँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले सञ्चालक समितिका अध्यक्ष उतम …

पुरा पढ्नुहॊस »

नेप्सेको सेयर बेच्ने तयारीमा राष्ट्र बैंक

काठमाडाैँ । नेपाल स्टक एक्स्चेन्जको गत आर्थिक वर्ष खुद नाफा घटेको छ। सेयर कारोबारमा मन्दी आउँदा नेप्सेको खुद नाफा १० करोड १८ लाख रुपैयाँले घटेको हो। एक्स्चेन्जका अनुसार गत आवमा कम्पनीले २६ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ३७ करोड २० लाख कमाएको थियो। सेयर कारोबार उच्च हुँदा ब्रोकरको कमिसनसहित नेप्सेले लिने शुल्क बढ्न आउँछ, जसले आम्दानी बढाउँछ। तर कारोबार नै मन्दी भएपछि ब्रोकरको कमिसनसहित नेप्सेको …

पुरा पढ्नुहॊस »

सिभिल बैंकमा घरमै बसेर खाता खोल्दा १ सय पाइने

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि अनलाईन अकाउन्टको सुरुवात गरेको छ । यो सुबिधा बैंकको स्मार्ट बेवसाइट www.civilbank.com.np तथा ‘को बन्छ करोडपति’ को मोबाईल एप मार्फत उपलब्ध गराइएको छ । जसमा ग्राहकहरुले आफ्नो ब्यक्तिगत बिबरण उल्लेख गरेपश्चात एउटा यूनिक कोड उपलब्ध हुनेछ जसको आधारमा ग्राहकहरुले आफ्नो नजिकैको सिभिल बैंकको शाखामा गई सो यूनिक कोड भेरिफाई गराएर खाता खोल्न सक्नेछन् र त्यस खातामा बैंकले १०० को ब्यालेन्स …

पुरा पढ्नुहॊस »

साढे ३ अर्बको ट्रेजरी बिल आज जारी हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आज (सोमवार) विक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउन यसपटक ९१ दिने अवधिको ३ अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्न लागेकोे हो । ट्रेजरी बिल सोमवार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा विक्री गर्ने बताइएको छ । उक्त ट्रेजरी बिलको निष्कासन भने माघ १ गते गरिँदै छ । यसपटक …

पुरा पढ्नुहॊस »

नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं । नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत आगामी दिनहरुमा माछापुच्छ्रे बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले नेपाल नेशनल हस्पिटलद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुको सहजतालाई लक्षित गर्दै गरिएको उक्त सम्झौता पत्रमा नेपाल नेशनल हस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुति राणा र माछापुच्छ्रे बैंकका हेड रीटेल डिपोजीट प्रतिमा पाण्डेबीच हस्ताक्षर भएको छ …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा उदयपुरको देउरीमा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा आफ्नो २३ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गरे भने शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकले नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको एटीएम सोलुखुम्बुको खुम्जुङमा

काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङ उपत्यकामा एटीएम सञ्चालनमा ल्याएको छ । समुद्रि तहभन्दा ३,७९० मिटर उचाइमा अवस्थित यस एटीएम नेपालमै सबैभन्दा अग्लो स्थानमा रहेको एटिएम हो । नाम्चेबजार भन्दा माथि पहिलो पटक सिद्धार्थ बैंकको एटीएम मेसिन राखिएसँगै यस क्षेत्रका बासिन्दाहरलाई रकम निकाल्न नाम्चेबजार सम्म गईरहनु नपर्ने हुँदा बैंकिङ कारोबार गर्न सहज हुने भएको छ । एटीएमको सञ्चालनले यस क्षेत्र लगायत एभरेष्ट बेस क्याम्प भ्रमणमा जाने पर्यटकहरुका लागि थप सुविधा …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको ११ प्रतिशत नगद लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित

काठमाडौं । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार(आज) सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ९३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश(कर सहित) वितरण गर्ने भएको छ । सो सभाबाट संस्थापक समूह‘क’तर्फबाट ३ जना सञ्चालक मोतीलाल दुगड, मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित भएका …

पुरा पढ्नुहॊस »