साढे ३ अर्बको ट्रेजरी बिल आज जारी हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आज (सोमवार) विक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउन यसपटक ९१ दिने अवधिको ३ अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्न लागेकोे हो ।

ट्रेजरी बिल सोमवार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा विक्री गर्ने बताइएको छ । उक्त ट्रेजरी बिलको निष्कासन भने माघ १ गते गरिँदै छ । यसपटक केन्द्रीय बैंकमार्फत ट्रेजरी बिल खरीद गर्नेले ब्याजसहित सावाँ फिर्ता गर्ने समय उल्लेख भने गरेको छैन ।

यसअघि पुस २३ गते नेपाल राष्ट्र बैङ्कले ट्रेजरी बिलको बोलकबोल गरेको थियो । सो दिन रू. ३ अर्ब २५ करोडको २८ दिने ट्रेजरी बिल जारी गर्न बोलकबोल आह्वान गरेकोमा करीब रू. १० अर्ब ५ करोडको माग भएको थियो । सो रकम बराबरको ट्रेजरी बिल औसत १ दशमलव ७६ प्रतिशत बट्टादरमा विक्री भएको थियो ।

त्यसमा अधिकतम १ दशमलव ९९ प्रतिशत र न्यूनतम शून्य दशमलव ९९ प्रतिशत बट्टादर प्रस्ताव भएको थियो । यसैगरी, रू. १ अर्बको ९१ दिने ट्रेजरी बिल जारी गर्न बोलकबोल आह्वान गरेकोमा करीब रू. ७ अर्ब १५ करोडको माग भएको थियो ।

सो रकम बराबरको ट्रेजरी बिल औसत २ दशमलव २८ प्रतिशत बट्टादरमा विक्री भएको थियो । त्यसमा अधिकतम २ दशमलव ५८ प्रतिशत र न्यूनतम १ दशमलव ९९ प्रतिशत बट्टादर प्रस्ताव भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल …

प्रतिकृया दिनुहॊस