आर्थिक

पुँजीगत खर्चको प्रक्रिया परम्परागत छ, सुधार हुनु पर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रक्रियालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढकालले पुँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा यसको सकारात्मक प्रभाव रहने बताए । “निजी क्षेत्रले दशकौंदेखि उठाउँदै आएको हो तर अझै पनि यसमा सुधार हुन सकेको छैन । पुँजीगत खर्चको प्रक्रिया परम्परागत छ । …

पुरा पढ्नुहॊस »

शेयर बजार: ५२ दशमलव २१ अंकले बढ्यो नेप्से

बिहीबार (आज) शेयर बजार उच्च अंकले वृद्धि भएको छ। बुधबार ३० दशमलव २९ अंकले घटेको बजार आज ५२ दशमलव २१ अंकले बढेर २ हजार ५६६ दशमलव ७९ बिन्दुमा पुगेको हो। बिहीबार २२६ वटा धितोपत्रको ५६ लाख १० हजार ६३१ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बिहीबार अन्य समूह बाहेक अरु सबै …

पुरा पढ्नुहॊस »

लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक हाेइन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरि ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन्। बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए। बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले निजी क्षेत्रसँग छलफल गरि निर्यातमा आधारित परियोजनाका लागि पूँजी कोषको निर्माण गर्न बोर्डलाई सुझाव दिएका थिए। कूल ग्राहस्थ उत्पादन (जिडिपी) र पूँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने परियोजनाहरू …

पुरा पढ्नुहॊस »

सुन तोलामा ३५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३५ सयले घटेर तोलाको एक लाख २ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ५ हजार ५ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख एक हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी …

पुरा पढ्नुहॊस »

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने (निर्णयसहित)

काठमाडाैँ । सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने निर्णय गरेको हो । गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाइने भएको छ । यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो । तर, व्यवसायीहरूले मध्यरात नहुँदै …

पुरा पढ्नुहॊस »

आइएमई मोटर्सका सिमराही र चन्द्रनिगाहपुरमा शाखा उद्घाटन

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि ले २ वटा शाखा उद्घाटन गरेको छ। दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिका स्थित सोरुमको एक कार्यक्रमबीच समुद्घाटन गरिएको हो। सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुनेछन्। शाखाको समुदघाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका क्षेत्रीय प्रमुख …

पुरा पढ्नुहॊस »

शेयर बजार : ३० दशमलव २९ अंकले घट्यो नेप्से

बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ। सोमबार झिनो अंकले वृद्धि भएको बजार बुधबार ३० दशमलव २९ अंकले घटेर २ हजार ५१४ दशमलव ६५ बिन्दुमा झरेको छ। बुधबार २२९ वटा धितोपत्रको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ३५ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बुधबार १३ वटा समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूहको …

पुरा पढ्नुहॊस »

नबिल इन्भेष्टमेण्टद्वारा धनगढीमा पुँजीबजार समबन्धि साक्षरता कार्यक्रम

धनगढी । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले सूदुर पश्चिम प्रदेशको धनगढीमा पुँजीबजार समबन्धि साक्षरता कार्यक्रम गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिन र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको वताएकाे …

पुरा पढ्नुहॊस »

सुनको मूल्य अहिलेसम्मकै उच्च, एक लाख पाँच हजार पाँच सय कायम

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। मंगलबार एक …

पुरा पढ्नुहॊस »

पर्यटनमन्त्री प्रेम आलेको निर्देशनपछि क्यासिनोले ८७ करोड रोयल्टी बुझाए

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ। हालसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८७ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए। मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ वटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता …

पुरा पढ्नुहॊस »