आर्थिक

माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि

काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले १० कित्ता बराबर १.२ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । भदौं ७ गतेसम्म आवेदन दिन सकिने हकप्रद सेयरको बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ । बैंकले आफ्ना देशभरका शाखा र एनएमबी क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीच एकिकृत

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपमेण्ट बैंक लिमिटेड एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंक लि.को एकिकृत कारोबार शुरु  भएको छ । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपालले एक समारोहका बीच सो बैंकबीचको कारोबारको उद्घाटन गरेका छन् ।महालक्ष्मी विकास बैंक र यती डेभलपमेण्ट बैंक लि.गाभिए पछि बैंकको चुक्तापुँजी २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । साथै, निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ …

पुरा पढ्नुहॊस »

डिसहोमको आधा दर्जन च्यालन थप्दै

काठमाडौं । डिस मिडिया नेटवर्क (डिस होम)ले आफ्नै आधा दर्जन टीभी च्यानल थप गर्ने भएको छ । यसले हाइ डेफिनेशन (एचडी) च्यानल ल्याउन लागेको हो । दशैंसम्ममा मनोरञ्जनात्मक ६ वटा च्यानल ल्याउने तयारी भइरहेको छ डिसहोमले जानकारी दिएकाे छ । मल्टिपल टीभी नेटवर्कमार्फत थप टीभी च्यानल ल्याउन लागिएको हो । सञ्चार मन्त्रालयको यसको राजस्वसमेत तिरिसकिएको छ ।  नेपालमा अाफ्नाे ३५ प्रतिशतसम्मकाे बजार हिस्सा बनाउन सफल याे कम्पनीले अाफ्ना ग्राहकलाइ मनाेरन्जन दिन थप च्यानल ल्याउन …

पुरा पढ्नुहॊस »

सिभिल बैंकमा कर्मचारीको माग

काठमाडौं । सिभिल बैंकले बिभिन्न पदमा ६५ जना कर्मचारीको माग गरेको छ । बैंकले ब्राञ्ज म्यानेजरमा १० जना, रिलेशनसिप म्यानेजरमा १० जना, इन्टिग्रेटेड रिस्क अफिसर २ जना, रिलेशनसिप अफिसर १० जना,अपरेशन इन चार्ज ८ जना माग गरेको छ । त्यस्तै, बैंकले क्रेडिट कन्ट्रोल अफिसर ३ जना, चार्टर्ड एकाउन्टेन्ट ७ जना, लायबिलिटि एण्ड ट्रान्सजेक्सन बैंकिङको लागि ३ जना, माइक्रो बैंकिङको लागि १ जना, अपरेटिङ असिस्टेन्टमा ९ जना र डिजिटल बैंकिङ अफिसरमा …

पुरा पढ्नुहॊस »

देवः विकास बैंकको चितवनको माडीमा शाखा

देवः विकास बैंक लिमिटेडले दक्षिण चितवनको माडी नगरपालिका वडा नं। ३, वसन्तपुरमा शाखा कार्यालय खोलेको छ । शाखा कार्यालयको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नुपर्ने र उद्यमशीलताको विकासका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरी राम्रो काम गरेको औल्याएका छन् । साथै , उनले निर्यातमुखी व्यवसायमा जोड दिंदै बैंकिङ सेवालाई गाउँ गाउँमा पुर्याउन सके मात्र समग्र देशको आर्थिक …

पुरा पढ्नुहॊस »

एनसेलले ‘सबैलाई हरेक दिन लगातार उपहार

काठमाडौं – एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।एनसेलले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ । एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२४ह्यास डायल गरी निर्देशनअनुसार अथवा अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्ने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योजनामा ग्राहकले डाटा भोल्युम,  बोनस टक टाइम, बोनस एसएमएस लगायत मध्येबाट कुनै एक उपहार …

पुरा पढ्नुहॊस »

अनमोलका आटा, मैदा, सूजी भाटभटेनी र बिग मार्टमा पनि

काठमाडौं ।शंकर ग्रुप अन्र्तगतको माँ दुर्गा फुड्सले उत्पादन गर्ने अनमोल ब्राण्डका आँटा, मैदा, सूजी  डिपार्टमेन्ट स्टोर भाटभटेनी र बिग मार्टमा उपलब्ध हुन थालेका छन् ।उपभोक्ताको सहजताका लागि भाटभटेनी तथा बिगमार्टमा उपलब्ध गराएको छ ।आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा  (५ केजी), मैदा (२ केजी), सुजी (१ केजी) र दलिया (१ केजी) नेपालभरिका अधिकांश पसलहरुमा समेत उपलब्ध छ ।

पुरा पढ्नुहॊस »

हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाखको साधारण सेयर जारी गर्ने

हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासनका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।हिमालय ऊर्जा विकास कम्पनीले निर्माण उपल्लो खिम्ती १२ मेगावाट र अप्पर खिम्ती–२ , ७ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । एक साथ निर्माणाधीन दुवै आयोजनाको ४० प्रतिशत काम पूरा भइसकेको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई ९ करोड ९० लाख …

पुरा पढ्नुहॊस »

फेवा र गण्डकी विकास बैंकको एकिकृत कारोबार असार २१ देखि

काठमाडौं । फेवा विकास बैंक र गण्डकी विकास बैंकले मर्जरपछि असार २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्दैछन् । यी दुई विकास बैंकले असार २१ गतेदेखि गण्डकी विकास बैंकको नामले राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार सुरु गर्न लागेका हुन्। मर्जर पछि बैंकको कुल चुक्ता पुँजी १ अर्व ८४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल शाखा संख्या ५० र एटिएम संख्या २० पुग्ने छ ।

पुरा पढ्नुहॊस »

एनसेलद्वारा एसईई परीक्षार्थीलाई छात्रवृत्ति प्रदान

एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा -एसईई मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने बि्रज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ । एनसेल उत्कृष्ट विद्यार्थीहरु गरी हाल सम्म ४८ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति स्वरुप प्रत्येकलाई रु ५,००० प्रदान गरेको छ ।असार १६ सम्म रहने यो योजना अन्तर्गत, २०७३ सालका एसईई परीक्षार्थीले मात्र रु १ …

पुरा पढ्नुहॊस »