सुन तोलामा ३५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३५ सयले घटेर तोलाको एक लाख २ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ५ हजार ५ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख एक हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर तोलाको १४०५ मा कारोबार भएको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असार २७ गतेदेखि राष्ट्र निर्माणमा युवाको भूमिकाबारे सेमिनार हुँदै

काठमाडौं । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा …

प्रतिकृया दिनुहॊस