रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने (निर्णयसहित)

काठमाडाैँ । सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने निर्णय गरेको हो ।

गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाइने भएको छ । यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो ।

तर, व्यवसायीहरूले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनासो गर्दै आएका थिए । त्यसपछि रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए ।

कार्यदलले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिन सिफारिस गरेको गरेको थियो । उक्त सिफारिस अनुसार गृहले रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा चल्न दिने निर्णय भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी …

प्रतिकृया दिनुहॊस