प्रधानमन्त्री प्रचण्डले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने भएका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विश्वासको मतका लागि असार २८ गतेको दिन तोकेर संसदलाई प्रधानमन्त्री दाहालले पत्र पठाएका छन् ।

असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनेसँगै दाहाललाई पद छाड्न दबाब दिँदै आएका छन् । एमालेले शुक्रबार नै प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ताको पत्र दर्ता गराएको छ ।

यसअघि दाहालले २०७९ पुस २६ विश्वासको मत लिदा २६८, २०७९ चैत ६ मा १७२ मत पाएका थिए । त्यस्तै २०८० फागुन ३० मा १५७ र २०८१ जेठ ७ गते पनि १५७ जना सांसदको समर्थन पाएका थिए । सरकार टिकाउन १३८ मत पाउनुपर्ने भए पनि यस पटक कांग्रेस एमाले मिलेका कारण दाहालको सम्भावना छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् …

प्रतिकृया दिनुहॊस