आर्थिक

राज्य–निजी क्षेत्रबीचको सहकार्यले राम्रो नतिजा दिन सक्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो रिजल्ट दिनसक्ने बताएका छन्। पोखरीया नगरपालिका, पर्सामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नती गरिएको शल्य चिकित्सा कक्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो रिजल्ट दिन सक्छ।” राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउँछ भन्ने …

पुरा पढ्नुहॊस »

‘सेलपे’को नयाँ वर्ष आयो क्यासब्याक पायो अफर

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट कम्पनी सेलपे (Cellcom Private Limited – CellPay) ले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष आयो क्यासब्याक पायो योजना अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ । जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ …

पुरा पढ्नुहॊस »

शेयर बजारमा दोहोरो अंककाे गिरावट

मंगलबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। सोमबार झिनो अंकले बढेको बजार आज १७ दशमलव १५ अंकले घटेर २ हजार ६५० दशमलव ९७ विन्दुमा झरेको हो। मंगलबार २२९ वटा धितोपत्रको ६५ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। मंगलबार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक बढेको …

पुरा पढ्नुहॊस »

सुन तोलामा १८ सयले घट्यो

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १८ सयले घटेर तोलाको एक लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख २ हजार ३ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाखमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलाको …

पुरा पढ्नुहॊस »

९ लाखसम्म बढ्यो कन्टेनरको भाडा

काठमाडाैँ । कोरोना महामारी शुरू भएयता चीनतर्फका दुवै (केरुङ र तातोपानी) नाका सहज सञ्चालन नहुँदा आयातकर्ताले कन्टेनर ढुवानीमा चर्को भाडा तिर्नुपरेको छ । कोभिडपछि सामान ढुवानी गर्दा प्रतिकन्टेनर भाडा करीब ९ लाख रुपैयाँसम्म बढेको व्यापारीहरूले बताएका छन् । नाका सहज नहुँदा व्यापारीले वैकल्पिक बाटो हुँदै सामान ल्याउने गरेका छन्, जसले ढुवानीको भाडादर महँगिएको छ । आयातकर्ताका अनुसार कोरोना महामारी शुरू हुनुअघि चीनबाट ६८ क्युबिक मिटर (सीबीएम)को एक कन्टेनर सामान ढुवानी …

पुरा पढ्नुहॊस »

सवारी चालक अनुमतिपत्रकाे अनलाइन आवेदन बन्द

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। ०७८ चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सो प्रणाली बन्द रहने जानकारी सूचनामार्फत गराइएको छ। विभागले हालसम्म परेका आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुंग्याउनु पर्ने भएकाले सो प्रणाली बन्द गरिएको जनाएको छ। हाल धेरै संख्यामा सवारी चालक अनुमति पत्र वितरण गर्नु पर्ने भए तापनि स्मार्ट लाइसेन्सको छपाईमा भएको ढिलाई र विभिन्न कारणले समयमै लाइसेन्स पाउन …

पुरा पढ्नुहॊस »

शेयर बजार : झिनो अंकले बढ्याे नेप्से

सोमबार (आज) नेप्से झिनो अंकले वृद्धि भएको छ। आइतबार १०१ दशमलव ०७ अंकले बढेको बजार आज बजार खुल्दा बढे पनि अन्तिममा ० दशमलव १५ अंकले बढेर २ हजार ६६८ दशमलव ११ बिन्दुमा पुगेको हो। सोमबार २२० वटा धितोपत्रको २३ लाख ४९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ३४ करोड २२ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। सोमबार १३ वटा …

पुरा पढ्नुहॊस »

चैत ८ गतेदेखि ग्रीन भेन्चर्सको आइपिओ आउँदै

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्न लागेको हो। कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा पाँच सयले घट्यो

काठमाडौँ । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ …

पुरा पढ्नुहॊस »

सात प्रदेशका स्थानीय तहले ४३ अर्ब ७७ करोड तीन लाख अनुदान पाउने

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ । आयोगले गएको शुक्रबार मात्रै तथ्य र सूत्रका आधारमा समानीकरण अनुदानको सीमा तय गरेको हो । त्यो अनुदानको सिफारिसका लागि मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी …

पुरा पढ्नुहॊस »