ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

ललितपुर । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ।

यस साझेदारी मार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ। नास आईटीमार्फत बैंकको डिजिटल बैंकिंङ र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन्।

नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन्। ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु बैंक र टी३ थकालीबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक र टी३ थकाली एन्ड मल्टी फुड ग्यालरीबीच छुटसम्बन्धी सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस