शेयर बजार : ३० दशमलव २९ अंकले घट्यो नेप्से

बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ। सोमबार झिनो अंकले वृद्धि भएको बजार बुधबार ३० दशमलव २९ अंकले घटेर २ हजार ५१४ दशमलव ६५ बिन्दुमा झरेको छ।

बुधबार २२९ वटा धितोपत्रको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ३५ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

बुधबार १३ वटा समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव ०३ प्रतिशतले घटेको हो ।

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १० करोड ५२ लाख २१ हजार ५९९ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

असार २७ गतेदेखि राष्ट्र निर्माणमा युवाको भूमिकाबारे सेमिनार हुँदै

काठमाडौं । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा …

प्रतिकृया दिनुहॊस