माधव नेपालको पार्टीमा म छैन : प्रेम आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहको बताएका छन् । महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन् ।

असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाए । नेकपा एसको महाधिवेशन सकिनुअघि भारतका विभिन्न सहरको भ्रमण सकेर काठमाडौं फर्किएका छन् । उनी नेकपा एस भने नफर्किने बताउँछन् ।

उनले भने, ‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईको पार्टीमा रहँदिन भनेको थिएँ । त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जाने बारे अहिले सोचेको छैन ।’

‘यो पार्टीको राजनीतिक दिशा भएन, नेताहरूको हिम्मत पनि देखिएन’, आलेले भने, ‘त्यहीकारण म यो पार्टीमा विगत आठ महिनादेखि सक्रिय छैन । यस बीचमा म भारत भ्रमण गरेर फर्किएको छु ।’ आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताए । उनले भने, ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ ।’ नेकपा एकीकृत समाजवादीले आज सार्बजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ड्युटीका प्रहरीलाई चड्कन हानेको आरोप लागेकी वकिलको आँखामुनि घाउ, दुवै पक्ष न्यायको खोजीमा

काठमाडौं । अधिवक्ता नानी थापा (लक्ष्मी थापा)ले प्रहरी जवानमाथि हातपात गरेको भन्दै जाहेरी परेको छ …

प्रतिकृया दिनुहॊस