अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा लियोनेल मेसीले अर्जेन्टिनाका लागि हानेको पहिलो पेनाल्टी मिस गरेका थिए । मेसीले हानेको बल बारमा लागेर बाहिरिएको थियो । तर अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जित सुनिश्चित भएको हो ।

इक्वेडरका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए ।  यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिना र इक्वेडरले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । कोपा अमेरिकाको क्वाटरफाइनलदेखिका खेलमा ३० मिनेटको अतिरिक्त समय राखिएको छैन ।

खेलको ३५औं मिनेटमा लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो भने खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा केभिन रोड्रीगेजले गोल गर्दै इक्वेडरका लागि खेल बराबरी गरेका थिए । अब सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्ने छ । यो खेल जुलाई ९ मा हुने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्राजिललाई स्तब्ध पार्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौँ । उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई …

प्रतिकृया दिनुहॊस