सुनको मूल्य अहिलेसम्मकै उच्च, एक लाख पाँच हजार पाँच सय कायम

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार चार सय ५० रुपैयाँ कायम भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

व्यवसायबाट आत्मनिर्भर बन्दै प्रिया (भिडियोसहित)

एउटी महिला छोरी हुँदै विभिन्न भूमिका निर्वाह गर्दै अघि बढ्छन् । ब्यागमाण्डु र कटन विङ्सकी …

प्रतिकृया दिनुहॊस