हुन्डाईको कोना ईभी ५० प्रतिशत डाउन पेमेन्ट र शून्य ब्याजदरमा पाइने

काठमाडौं । हुन्डाईको विद्युतीय गाडी (ईभी) कोना शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने भएको छ । नेपालका निम्ति हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको हो ।

हुन्डाईले कोनामा ‘जेरो एमिसन, जेरो इन्ट्रेन्स्ट’ योजना सार्वजनिक गरेको जनाएको छ । योसँगै ग्राहकले शून्य ब्याजदरमा पाँच वर्षका निम्ति ५० प्रतिशत डाउनपेमेन्ट गरी कोना खरिद गर्न सकिने भएको हो ।

उत्कृष्ट डिजाइन, पफर्मेन्स र विश्वसनीयताका साथै हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाएको जिकिर गरेको छ ।

हुन्डाईको कोना ईभीका दुई भेरियन्ट उपलब्ध छन् । कोना जीएलको प्रतिमूल्य ५९ लाख ९६ हजार र जीएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ कायम छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री छ । गाडीले एकपटकको फुल चार्जमा ३०५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रील, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट छ । १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले पाँच वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ९८ प्रतिशतभन्दा बढी पाइएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनकामना केबुलकारको स्तरोन्नति गरिने

काठमाडौँ । मनकामना केबुलकारको स्तरोन्नति हुने भएको छ । आइतबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै …

प्रतिकृया दिनुहॊस