शेयर बजार: ५२ दशमलव २१ अंकले बढ्यो नेप्से

बिहीबार (आज) शेयर बजार उच्च अंकले वृद्धि भएको छ। बुधबार ३० दशमलव २९ अंकले घटेको बजार आज ५२ दशमलव २१ अंकले बढेर २ हजार ५६६ दशमलव ७९ बिन्दुमा पुगेको हो।

बिहीबार २२६ वटा धितोपत्रको ५६ लाख १० हजार ६३१ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

बिहीबार अन्य समूह बाहेक अरु सबै समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी लघुवित्त समूहको ५ दशमलव ०६ प्रतिशतले बढेको हो। आज इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेडको १६ करोड ५६ लाख २९ हजार ९६६ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

असार २७ गतेदेखि राष्ट्र निर्माणमा युवाको भूमिकाबारे सेमिनार हुँदै

काठमाडौं । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा …

प्रतिकृया दिनुहॊस