महाधिवेशन सकिए लगत्तै बालुवाटार पुगे माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । महाधिवेशनमा केन्द्रीय कमिटी घोषणा लगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

कांग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग प्रचण्ड सरकार अल्पमतमा परेको छ । संसद्का दुई ठूला दलले राजीनामा गर्न दिएको सुझाव अस्वीकार गर्दै प्रधानमन्त्रीले संसदमै फेस गर्ने बताएका छन् । यसका लागि असार २८ मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयमा समेत पत्र पठाइसकेका छन् ।

नेकपा एसले भने प्रधानमन्त्रीको पक्षमा उभिने भन्दै आफूहरू सरकारबाट नहट्ने प्रष्टीकरण दिइसकेको छ । अध्यक्ष नेपालले प्रधानमन्त्रीले विश्वासको मत लिने आँट गर्नुपर्ने समेत बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ड्युटीका प्रहरीलाई चड्कन हानेको आरोप लागेकी वकिलको आँखामुनि घाउ, दुवै पक्ष न्यायको खोजीमा

काठमाडौं । अधिवक्ता नानी थापा (लक्ष्मी थापा)ले प्रहरी जवानमाथि हातपात गरेको भन्दै जाहेरी परेको छ …

प्रतिकृया दिनुहॊस