आर्थिक

वर्तमान विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन्। चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “अहिले मुलुक विषम परिस्थितिमा छ। राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था छैन। विषम परिस्थितिमा अर्थतन्त्रका सबै क्षेत्रहरु एकापसमा मिलेर अगाडि …

पुरा पढ्नुहॊस »

युक्रेनबाट कच्चा पदार्थ नआएपछि घट्यो खाने तेलको उत्पादन

काठमाडाैं । कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज रद्द भएको उद्योगीले बताएका छन् । नेपालका उद्योगले मगाएको ५० हजार टन सूर्यमुखीको तेलको कच्चा पदार्थ रोकिएको उद्योगीहरूले जनाएका छन् । मोरङ व्यापार सङ्घका कार्यकारी सदस्य एवं पशुपति खाद्य तेलका सञ्चालक अमित …

पुरा पढ्नुहॊस »

कोकाकोलाविरुद्ध तीन अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्दा दायर

काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा राजश्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शत प्रतिशत जरिवाना गरी सात अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ असुलउपर गरिनुपर्ने राजश्व अनुसन्धान विभागले दायर …

पुरा पढ्नुहॊस »

उद्यमशीलता विकासका लागि परम्परागत ऐन परिमार्जन अपरिहार्य छ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका सबै भौगोलिक क्षेत्रमा सम्भावनाको खोजी गर्दै स्थानीयस्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेको बताएका छन्। उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै ढकालले परम्परागत कानुन नै उद्यमशीलता विकासमा अवरोधका रुपमा रहेको धारणा राखे। रोल्पा उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “ निजी क्षेत्रको विकास …

पुरा पढ्नुहॊस »

५ खर्ब ४० अर्ब रेमिट्यान्स नेपाल भित्रियो, ४.९ प्रतिशतले गिरावटः राष्ट्र बैंक

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपाल भित्रिने रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा विभिन्न देशबाट ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो । पछिल्लो सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि …

पुरा पढ्नुहॊस »

आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन्। इन्जिनियर थानीलाई बिहीबारकाे मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। पुस २५ गतेदेखि माघ १६ गतेसम्म निगमको प्रमुखका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिसँग आवेदन माग गरिएको थियो। आवेदनमध्येबाट छनोट समितिले नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक थानीसहित विशेष आर्थिक क्षेत्र (सेज) कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो। शुक्रबार थानीले जिम्मेवारी …

पुरा पढ्नुहॊस »

सुनको मूल्य ६ सयले बढ्याे

सुनको मूल्य शुक्रबार तोलामा ६ सयले बढेकाे छ । बिहीबार तीन हजार ५०० रुपैयाँले घटेको सुन शुक्रबार ६ सयले बढेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ६ रुपैयाँ कायम भएको छ। यसैगरी, आज तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेको …

पुरा पढ्नुहॊस »

कृषि र साना उद्यममा लक्ष्मी लघुवित्त बेल्डाँडीको ८ करोड कर्जा प्रवाह

कञ्चनपुर । लक्ष्मी लघुवित्त वित्तीय संस्था कञ्चनपुरस्थित बेल्डाँडी शाखाले चार वर्षमा ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तले १०६ वटा केन्द्रमार्फत कृषि र साना उद्यममा ८ करोड ७ लाख ९२ हजार कर्जा लगानी गरेको हो । लक्ष्मी लघुवित्त बेल्डाँडी शाखा प्रमुख भरत गिरीका अनुसार संस्थाले केन्द्रमार्फत २ करोड ४४ लाख ८२ हजार ३ सय २५ रुपैयाँ निक्षेप संकलन गरेको छ । शाखामा १४ सय ७७ जना सदस्य आबद्ध …

पुरा पढ्नुहॊस »

पश्चिमा प्रतिबन्धको जबाफमा रुसले लगायो दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक

युक्रेनमा आक्रमण गरिरहेको रुसले दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक लगाएको छ । पश्चिमा प्रतिबन्धको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको हो । अब दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लाग्नेछ ।

पुरा पढ्नुहॊस »

खल्तीको क्युआर अफर : फोन पेमा स्क्यान गरि काराेबार गर्नेलाई सुनाैलाे अवसर

खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा रु. ५००० जित्ने “स्क्यान मा अफर” ल्याएको छ। यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुनेछन्। यस क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टोर्क स्कुटर खल्ती बाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्नेछन्। त्यसैगरि हरेक हप्ता दुई खल्ती …

पुरा पढ्नुहॊस »