आर्थिक

काठमाडौं सतुगंलमा एटिएम फोड्दै गर्दा एक युवक पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुगंलमा एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठलाई अवार्ड

काठमाडाैं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले अवार्ड प्राप्त छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘दि एचआरएम–अवार्डस् फर डिस्टिङ्ग्युस्ट सर्भिस नाम लाइफटाइम एचिभमेन्ट अवार्ड–२०२२ बाट उनलाई सम्मान गरेका हुन् । पुस १४ गते एक विशेष समारोहमा सम्मानित भएकामा पञ्चकन्या परिवारले उनलाई बधाइ ज्ञापन गरेको छ ।

पुरा पढ्नुहॊस »

दूधको मूल्य वृद्धि फिर्ता

काठमाडाैं । डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासि मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो । राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ …

पुरा पढ्नुहॊस »

कति छ आज सुनको मूल्य ?

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीकै मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँ थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा करोबार भइरहेको छ । हिजो …

पुरा पढ्नुहॊस »

पाक्षिक ९९ करोड नाफामा निगम, इन्धनको मूल्य यथावत्

काठमाडौँ । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत् राख्ने भएको छ । भारतबाट केही मूल्य बढेर आएपनि समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा रहेकाले हाललाई इन्धनको मूल्य यथावत् राख्ने नेपाल आयल निगमले जानकारी दिएको हो । आइतबार विज्ञप्ति जारी गर्दै निगमले भनेको छ- ‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतीपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राखिएको छ ।’ भारतीय आयल कर्पोरेसन(आईओसी) ले निगमलाई आइतबार …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।  अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ३६ पैसा र बिक्री दर १४२ रुपैयाँ शून्य पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७६ पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ

काठमाडौँ । भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि निगमलाई मूल्य बढाएर पठाएको जनाएको छ । आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढेको निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । ‘आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा …

पुरा पढ्नुहॊस »

आइएमई पे एप अब नेपाली भाषामा

काठमाडौं । डिजिटल वालेट आइएमई पे एप अब नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ । आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ नेपाली सेवा थप गरेको हो । यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीका लागि सार्वजनिक गरिएको यस फिचरको लागि प्रयोगकर्ताले सर्वप्रथम …

पुरा पढ्नुहॊस »

सुनको मूल्य १ लाख १ हजार ७ सय पुग्यो, चाँदीको भाउ पनि बढ्यो

काठमाडौँ । साताको पहिलो नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ७८ पैसा र बिक्री दर १४१ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९१ पैसा र बिक्री दर १५९ रुपैयाँ ६३ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »