पाक्षिक ९९ करोड नाफामा निगम, इन्धनको मूल्य यथावत्

काठमाडौँ । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत् राख्ने भएको छ । भारतबाट केही मूल्य बढेर आएपनि समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा रहेकाले हाललाई इन्धनको मूल्य यथावत् राख्ने नेपाल आयल निगमले जानकारी दिएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै निगमले भनेको छ- ‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतीपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राखिएको छ ।’

भारतीय आयल कर्पोरेसन(आईओसी) ले निगमलाई आइतबार इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after