दूधको मूल्य वृद्धि फिर्ता

काठमाडाैं । डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासि मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो ।

राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ । सोहिअनुसार यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारीसमा मन्त्रिपरिषदले दूधको मूल्य तोकेको थियो ।

शनिबार कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिवको नेतृत्व र बोर्डको अध्यक्षतामा सरोकारवालासँग भएको छलफलपछि अहिलेलाई स्थगित गर्ने सहमति भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले जानकारी दिए। ​ ​

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस