सुनको मूल्य १ लाख १ हजार ७ सय पुग्यो, चाँदीको भाउ पनि बढ्यो

काठमाडौँ । साताको पहिलो नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको थियो । शुक्रबार चाँदी प्रतितला १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after