आइएमई पे एप अब नेपाली भाषामा

काठमाडौं । डिजिटल वालेट आइएमई पे एप अब नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ । आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ नेपाली सेवा थप गरेको हो ।

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीका लागि सार्वजनिक गरिएको यस फिचरको लागि प्रयोगकर्ताले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप भएकाले एप अपडेट र नभएकाले डाउनलोड गर्नुपर्ने हुन्छ ।

पूरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सक्नेछन् । नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस पश्चात प्रयोगकर्ताहरुले आफुलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सक्नेछन् । विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाईल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनैपनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरुले एपमा रहेको रकममा ७.१३ प्रतिशत ब्याज कमाउन सकिने छन् ।

बैंकिङ पहुँच नपुगेका ठाउँमा आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको यस कम्पनीले भाषोको समस्या कसैलाई पनि नहोस भनेर यो सेवा ल्याएको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस