रश्मी

नेपालमा मनसुनी वायुको प्रभाव कस्तो रहला मौसमको अवस्था

  काठमाडाै । हाल मौसमको अवस्था हाल देशका अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही  प्रदेश १, प्रदेश २, बागमाती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि जिल्लाहरुमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान  बुधबार  दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुतथा गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना …

पुरा पढ्नुहॊस »

थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण,२४जनाकाे मृत्यु

काठमाडाै । मंगलबार नेपालमा थप   ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २४ जनाको मृत्यु भएको छ भने   १९९४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०१ प्रतिशत रहेका छ । आज १६हजार ७१८नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकले अक्सिजन प्लान्ट निर्माण गर्न दियो ३ लाख सहयोग

काठमाडौं । कुमारी बैंकले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार एक औपचारिक कार्यक्रमकाबिच, बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरिलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो ।

पुरा पढ्नुहॊस »

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् । हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका हुन् ।

पुरा पढ्नुहॊस »

नक्कली पेस्तोल देखाई सहकारीमा धम्की दिने २ जना कागेश्‍वरी मनोहरा नगरपालिकाबाट पक्राउ

काठमाडौँ ।कागेश्‍वरी मनोहरा नगरपालिका ७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कागेश्‍वरी मनोहरा नगरपालिका ८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका १ घर भएका १८ वर्षीय किशोर रहेका छन् । महानगरीय प्रहरी वृत्त वौद्घबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग भएको नक्कली खेलौना …

पुरा पढ्नुहॊस »

मंगलबार नेप्से परिसूचक २६.०२ अङ्कले बढ्यो

काठमाण्डाै । मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २६.०२ अङ्कले बढेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार  नेप्से २६.०२ अङ्कले घटेर ३  हजार १११  दशमलव ०९   बिन्दु मा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ०६   अङ्कले बढेर ५७७ दशमलव ५२   मा पुगेर रोकिएको छ । स्टकका  अनुसार आज कुल २२३  कम्पनीका २  करोड ११   लाख २९   हजार ८८  कित्ता शेयर ११ अर्ब ५२ करोड ९२  लाख …

पुरा पढ्नुहॊस »

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बैतडीमा  एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका -९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका  प्रहरीले जनाएकाे छ । सोमबार साँझ  पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको थियाे। चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

तेह्रथुम पावरको आईपिओ भर्ने आज अन्तिम दिन

तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज साउन १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्र तेह्रथुमका स्थानीयको लागि ४ लाख कित्ता शेयर निष्काशन गरेको हो  ।आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति प्रदान …

पुरा पढ्नुहॊस »

आत्मनिर्भर लघुवित्तले रु. १ करोड ८० लाख रुपैयाँको आईपीओ जारी गर्ने

काठमाडौं ।आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले रु. १ करोड  ८० लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ। लघुवित्तले १ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्कासनका लागि  लघुवित्तले सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

पुरा पढ्नुहॊस »

ब्राउन सुगर सहित मोरङबाट एक जना पक्राउ

मोरङ । मोरङ बिराटनगर महानगरपालिका २ दुर्गा चौक बाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ  परेका छन्  । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे-६ का २३ बर्षीय निरज गोडी रहेका छन् । आइतबार  बेलुका  लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको हो ।

पुरा पढ्नुहॊस »