रश्मी

युवालाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ

जाजरकोट । एक युवालाई दाम्लोले बाँधेर निर्घात कुटविट गरेका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।  बयानका लागि कुटपिटमा परेका युवक नवीन परियारलाई पनि बोलाइएको  प्रहरीले जनाएको छ । साउन १५ गते वडा कार्यालय परिसरमै वडाध्यक्ष नेपालीले स्थानीय सर्पे नेपालीलाई बाँधेर निर्घात कुटपिट गरेका हुन् ।

पुरा पढ्नुहॊस »

बिहीबार नेप्से परिसूचक १६ अङ्कले घट्यो

काठमाण्डाै ।बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६ अङ्कले घटेको   छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार   नेप्से १६   अङ्कले   घटेर  ३ हजार १०७  दशमलव ४५   बिन्दुमा आइपुगेको  पुगेको छ । स्टकका  अनुसार आज कुल २२६   कम्पनीका २ करोड ८८ लाख ४५   हजार ४ सय ३१ कित्ता शेयर १४  अर्ब ३१  करोड ६२   लाख ५९  हजार ९६५ रुपैयाँमा खरिद–बिक्री भएको छ

पुरा पढ्नुहॊस »

साहस उर्जाले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साउन २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि  आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न भएको  छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि लागि निष्काशन गर्न लागेको हो। आईपीओ निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने ढिलोमा भदौ २७ गते हुनेछ।

पुरा पढ्नुहॊस »

बैंकको एटिएम फुटाउँदै गर्दा एक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्ध टुसालमा रहेको एनआईसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा गोकर्णेश्वर नगरपालिका ६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाईलाई प्रहरीले बुधबार  रातिको साढे १ बजे  पक्राउ गरेको छ । एटिएम फुटाउँदै गरेको अवस्थामा फेला पारी  प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

पुरा पढ्नुहॊस »

बिहीबारदेखि क्युआरकोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु

काठमाडौं ।सरकारले बिहीबारदेखि क्युआरकोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरेको छ । रोजगारीमा जाने श्रमिकले माग गर्दै आएको उक्त खोप प्रमाणपत्र लागू भएसँगै खोप प्रमाणीकरण गर्न काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ । क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाउन   फाेरम भरि  मागिएको सम्पूर्ण विवरण तथा कागजातहरू अपलोड गर्नुपर्ने छ । त्यसैगरी अनलाइनबाट रजिष्ट्रेसन गर्न नसक्नेले साउन २१ गतेदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र …

पुरा पढ्नुहॊस »

नविन के भट्टराईको ‘‘सम्झिरहन्छु’

नविन के भट्टराईले ‘‘सम्झिरहन्छु’  बोलको गीत सार्वजनिक गरेका छन् । नविनकै शब्द तथा संगीतमा तयार यो गीतमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् । सौरभ लामाको छायांकन रहेको भिडियोमा अर्जुन जीसीको सम्पादन रहेको भिडियोलाई नविना भट्टराइले निर्देशन गरेकी हुन् ।

पुरा पढ्नुहॊस »

गोङ्गबुबाट पेस्तोलसहित तीन युवक पक्राउ

काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । सनराइज बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८२ पुगेको छ । बैंकले कर्णाली प्रदेश, सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. -१४, बयलकाँडामा ८२औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । त्यसैगरीे गत हप्ता बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं.-९ खैरीफाँटा ८०औं र कैलाली जिल्लाकै टिकापुर नगरपालिका वडा नं.-०८, धनसिंहपुरमा ८१औं गरि थप २ शाखारहित …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा एकैदिन थप ७ शाखा विस्तार

ग्लोबल आइएमई बैंकले थप ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाण्डौको सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको  धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्लाको निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बीचबजारमा गरी एकैसाथ ७ नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २८० पुगेको छ।

पुरा पढ्नुहॊस »

बुधबार नेप्से परिसूचक १२.०५ अङ्कले बढ्यो

काठमाण्डाै । बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १२.०५  अङ्कले बढेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार  नेप्से १२.०५  अङ्कले घटेर ३ हजार १२३ दशमलव १४  बिन्दु मा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ०दशमलव ७१  अङ्कले बढेर ५७८  दशमलव २३    मा पुगेर रोकिएको छ । स्टकका  अनुसार आज कुल २२५  कम्पनीका २ करोड ८८ लाख १३  हजार ८सय ३१ कित्ता शेयर १५  अर्ब ५९  करोड ५७  …

पुरा पढ्नुहॊस »