नक्कली पेस्तोल देखाई सहकारीमा धम्की दिने २ जना कागेश्‍वरी मनोहरा नगरपालिकाबाट पक्राउ

काठमाडौँ ।कागेश्‍वरी मनोहरा नगरपालिका ७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कागेश्‍वरी मनोहरा नगरपालिका ८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका १ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त वौद्घबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग भएको नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटर सहित पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप