रश्मी

सानिमा लाइफद्वारा २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले  बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले भरतपुर ४, चितवन निवासी लक्ष्मी सापकोटालाई २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । २०७७ साल चैत २२ गते यस कम्पनीमा प्रथम बीमाशुल्क बापत १ लाख ५७ हजार ४४८ रुपैयाँ बुझाइ १४ वर्ष अवधिका लागि बीमाङ्क २० लाखको बीमा लिएका बीमित टिकाराम सापकोटाको जेठ २२ गते असामयिक निधन भएको थियो । सोही अनुरुप कम्पनीले मृतककी श्रीमतिलाई …

पुरा पढ्नुहॊस »

सामलिङ्ग पावरको आईपीओमा आवेदन दिने मिति पछि सर्यो

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं ।सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको आईपीओमा आवेदन दिने मिति सरेको छ। इलाममा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न साउन १८ गतेदेखि साउन २५ गतेसम्म लागु गरिएको निषेधाज्ञाका कारण निष्काशन मिति सारिएको कम्पनीले जनाएको  छ। कम्पनीले पुनः अर्को सूचना प्रकाशित गरी उत्तः शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिने जनाएको छ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक र अर्थोप्लास्ट रिह्याब सेन्टरबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंककातर्फबाट हेड अफ सर्कल अफिस कुमारीपाटीका ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका प्रबन्ध निर्देशक हरी कुमार तामाङले हस्ताक्षर गरेका छन । अब बैंकका ग्राहकले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरे बापत फिजियोथेरापी सेवा भुक्तानी शुल्कमा २५ प्रतिशतसम्मको छुट हुनेछ ।

पुरा पढ्नुहॊस »

जसपाको ठाकुर पक्षको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडाै ।पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतमा आज  सुनुवाइ हुँदैछ । रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास हुँदैछ । निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्षले  सर्वोच्च अदालतल रिट दायर गरेको थियो ।

पुरा पढ्नुहॊस »

सुनको भाउ घट्यो तोलाको कति ?

काठमाडाै । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुन  ९२ हजार रुपैयाँ र तेजाबी सुन  ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।

पुरा पढ्नुहॊस »

ब्राउन सुगर सहित झापाबाट एक जना पक्राउ

झापा  । झापा गौरादह नगरपालिका १ गौरादह बजारबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । प्रहरीले मे७ प ६७६७ नम्बरको मोटरसाईकलमा सबार रहेका  ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो । पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा गौरादह २ का ३९ बर्षीय सुमन कुमार कार्कीबाट खरिद …

पुरा पढ्नुहॊस »

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला

काठमाडाै ।सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज  देखि प्राथमिक शेयर (आईपीओ) बिक्री   निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बिक्री  निष्काशनमा ल्याएको हो। कम्पनीको आइपीओमा छिटोमा साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन …

पुरा पढ्नुहॊस »

उपत्यकामा एक हप्ता निषेधाज्ञा थप

काठमाडाै ।काठमाण्डौ उपत्यकामा निषेधज्ञा फेरि एक हप्ता  थपिएको छ ।सङ्क्रमण बढ्न थालेकाले भोलिदेखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने तालिम सेमिनार, बैठक तथा गोष्ठीमा रोक लगाइएको हो । यसअघि यस्ता कार्यक्रम २५ जना भन्दा बढी भेला नगराइ गर्न पाइन्थ्यो । तर, यसको पालना भने हुन सकेको थिएन । स्वास्थ्य मापदण्डको पालना नभएकै कारण संक्रमण फेरि बढेको भन्दै भीडभाडजन्य गतिविधि रोक्न भनिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी …

पुरा पढ्नुहॊस »

मेलम्चीबाट उपत्यकामा तत्काल पानी ल्याउन असम्भव

काठमाडाै ।बाढीले दुई पटक क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले उपत्यकामा तत्काल पानी ल्याउन असम्भव रहेको जनाएको छ। असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक संरचनामा क्षति पुर्याएपछि आयोजना नै अनिश्चित भएको हो  । लेदोसहितको बाढीले हेडवक्स निर्माणस्थल पुरिएर बगर भएको छ । निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङको पुनः निर्माण नभई पानी पठाउन सकिने अवस्था नरहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् …

पुरा पढ्नुहॊस »

काठमाडौँ–तराई/मधेस द्रुतमार्गको निर्माण कार्य छिटो बनाउन प्रधानमन्त्री शेरबहादुरको निर्देशन

काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाद्वारा निर्माण गर्दै गरेको काठमाडौँ–तराई/मधेस द्रुतमार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन दिनुुभएको छ । प्रधानमन्त्रीले रक्षा मन्त्रालयका निमित्त सचिव आलोकचन्द्र श्रेष्ठ र रथी प्रभुुराम शर्मालाई मङ्गलबार बोलाएर दु्रतमार्गको प्रगतिका बारेमा जानकारी लिएपछि यस्तो निर्देशन दिनुुभएको हो । प्रधानमन्त्रीलाई द्रुतमार्गको निर्माण कार्यमा हालसम्म भएका प्रगतिका विषयमा अवगत गराइएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले दिनुुभयो । #गोरखापत्रबाट

पुरा पढ्नुहॊस »