नेप्से परिसूचक २४ दशमलव ८८ अङ्कले घट्यो

काठमाण्डाै ।आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २४ दशमलव ८८ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार   नेप्से २४ दशमलव ८८ अङ्कले घटेर  ३ हजार १५४ दशमलव ०३    बिन्दुमा  आइपुगेको छ ।

स्टकका अनुसार आज कुल २२२ कम्पनीका ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री