ज्योति लाइफ इन्स्योरेन्सको नाफा १३ करोड १४ हजार रुपैयाँ

काठमाडौँ ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ । सार्वजनिक  वित्तीय  विवरण अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासिक सम्ममा  १३ करोड १४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनमा  ८०.५० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ७ करोड २० लाख २६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ५७ करोड ५८ लाख २६ हजार रुपैयाँ राखेको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३१ पैसा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल लघु बीमक संघ गठन, अध्यक्षमा चिरायु भण्डारी

काठमाडौं । नेपालमा सञ्चालित लघु बीमा कम्पनीहरुको छाता संघठन दर्ता भएको छ । जिल्ला प्रसासन …

प्रतिकृया दिनुहॊस