काठमाडौं ।सानिमा बैंकको नाफा २८ प्रतिशतले बृद्धि भएको छ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब २७ करोड ६४ लाखभन्दा बढी खुद नाफा गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २८ दशमलव १६ प्रतिशत बढी हो ।
बैंकले अघिल्लो वर्ष रू. १ अर्ब ७७ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९ अर्ब ६८ करोड १५ लाख १९ हजार पु¥याएको बैंकको जगेडा कोष रकम अघिल्लो वर्षभन्दा २९ दशमलव १८ प्रतिशत बढी रू. ५ अर्ब १८ करोड ९३ हजार बढी कायम भएको छ ।
बैंकको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ५१ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव ६० रहेको छ ।
प्रतिकृया दिनुहॊस