नेपाल इन्भेस्टमेन्ट बैंककाे नाफा ५०.६९ प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा रु  ३ अर्ब ६५ करोड  नाफा आर्जन गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको  नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.६९ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। बैंकले ५ अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३.२० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा  बैंकको  खुद ब्याज आम्दानी  ५ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा  बैंकले १ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको प्रतिसेयर आम्दानी  ईपीएस १७.०३ रुपैयाँबाट बढेर २२.५७ रुपैयाँ भएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्द्धन गर्न …

प्रतिकृया दिनुहॊस