रश्मी

कोरोना बढ्न थालेपछि काठमाडौँमा निषेधाज्ञा थप कडा बनाउने तयारी

काठमाडौं । कोरोना भाइरसका संक्रमितहरु  बढ्दै जान थालेपछि काठमाडौँ उपत्यकाको निषेधाज्ञा कडा बनाउने तयारी थालिएको छ ।उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी थालेको बताइएको छ ।

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक ५ दशमलव ७२ अङ्कले बढ्यो

काठमाण्डाै । सोमबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ७२  अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार  नेप्से ५ दशमलव ७२   अङ्कले बढेर ३ हजार १६० दशमलव ०६   बिन्दुमा पुगेको छ । स्टकका  अनुसार आज कुल २२७   कम्पनीका २  करोड ८६   लाख १७    हजार ८०५  कित्ता शेयर १५    अर्ब ९३    करोड ८   लाख ९७   हजार ९३८    रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

नबिल बैंकको खुद नाफा ३०.०६ प्रतिशत बढ्यो

काठमाडौं । नबिल बैंकको खुद नाफा ३०.०६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको सार्वजनिक  अपरिष्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत, नेट फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत र सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेको छ। बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३७.११ …

पुरा पढ्नुहॊस »

सिन्धु विकास बैंकको नाफा ९१.३१ प्रतिशतले बढ्यो

काठमाडौं। सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९१.३१ प्रतिशत बढी नाफा कमाउन सफल भएको छ । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १८ लाख खुद नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा २ करोड ८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ५ करोड ७ लाख रुपैयाँ रहेको थियो।चौथो त्रैमाससम्म बैंकले १६ करोड ९४ लाख रुपैयाँ बढी …

पुरा पढ्नुहॊस »

पाल्पामा जीप दुर्घटना ,११ जना घाइते

पाल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौँबाट आएको लु १ ज २९९२ जीप बिहान तानसेन नगरपालिका -७मा  दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते हुनेमा तानसेन नगरपालिका -७ का २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँमा २८ वर्षीय विक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवाल, ३२ वर्षका हुमबहादुर सारु, ३३ वर्षका विक्रम नेपाली, २९ वर्षका अनुज पल्ली, ३० वर्षका सोमबहादुर न्यौपाने , २८ वर्षका योगेश सारु, …

पुरा पढ्नुहॊस »

नेको इन्स्योरेन्सको नाफा १५ प्रतिशतले बढ्यो

नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १५.५० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ४६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस्तै इन्स्योरेन्सको खुद बीमाशुल्क पनि २८.५३ प्रतिशतले बढेर १ अर्ब ६३ करोड २८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १ अर्ब २७ करोड …

पुरा पढ्नुहॊस »

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी ईटहरी १७ लबिपुर स्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाऊपालिका ४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् । गाडीको बडी बनाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको  प्रहरीले जनाएकाे छ ।

पुरा पढ्नुहॊस »

तेह्रथुम पावरले भदौ ९ गतेदेखि आइपीओ निश्कासन गर्ने

तेह्रथुम पावर कम्पनीले आगामी भदौ ९ गतेदेखि रु. ८ करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ  । न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । एनआइबिएल एस क्यापिटल लिमीटेडले आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले …

पुरा पढ्नुहॊस »

थप २ हजार २१२ जनामा काेराेना संक्रमण,३३ जनाको मृत्यु

काठमाडाै ।  अाज नेपालमा थप २  हजार २१२जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार   २ हजार  २१२ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ३३ जनाको मृत्यु भएको छ भने  १८६७जना संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:३    प्रतिशत रहेका छ । आज १२ हजार १०६ नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

धितोपत्र बोर्डबाट एक्सेल डेभलपमेन्ट बैंकलाई ३०% हकप्रद निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  एक्सेल डेभलपमेन्ट बैंकलाई३० प्रतिशतको   दरमा हकप्रद निष्कासन गर्ने अनुमति दिएको छ । अनुमतिसँगै बैंकले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७ रुपैयाँको हकप्रद जारी गर्नेछ। एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। बैंकले गत जेठ २७ गते हकप्रद निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

पुरा पढ्नुहॊस »