माथिल्लो तामाकोशी ४ करोड १६ लाख रुपैयाँ घाटामा

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युतले आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार माथिल्लो तामाकोशी जलविद्युतले आर्थिक वर्षमा  ४ करोड १६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्ष   तामाकोशीले १५ करोड ४० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ८३ करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको   ईपीएस ३९ पैसाले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९२.१४ रुपैयाँ रहेको छ।  दोलखामा ४५६ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको  कम्पनीको  आयोजनाबाट उत्पादित विद्युत असार २१ गते राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस