ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना

ग्लोबल आइएमई बैंकले  कुशेऔँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ।

मोबाइल बैंकिङएप्लिकेसन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो।

यस क्यासब्याक योजनाअन्तर्गत भदौ २१ र कुशेऔँशीको दिन २२ गते बुबाके लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट गु फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ३०० सम्म) क्यासब्याक पाइनेछ।

यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ५०० सम्म) क्यासब्याक फिर्ता पाइने बैंकले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस