रश्मी

खल्ती’बाट कुनै पनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने

काठमाडाैं । खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा नि:शुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ। यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम नि:शुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि …

पुरा पढ्नुहॊस »

एसईई विद्यार्थीलाई एनसेलको ‘पहिलो सिम

काठमाडौं । एनसेल आजियाटा लिमिटेड ले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् । यो योजना भदौ १५देखि संचालनमा आउँदै छ । एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य, तोलामा कति आज?

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज ४ सयले घटेको हो। आज छापावाला सुन प्रतितोला ९१ हजार २ सयमा कारोबा भएको छ । तेजाबी सुन ९० हजार ७०० मा कारोबारभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २०५ मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

न्यादी हाइड्रोपावर लिमिटेडको रु. १८ करोडको आईपीओमा आवेदन दिने आज भदौ १५ गते अन्तिम दिन रहेको छ। गत भदौ १ गतेबाट निष्कासन गरिएको यो आईपीओमा आयोजना प्रभावित, स्थानीय र न्यादी हाइड्रोका कर्मचारीले आवेदन दिन पाउनेछन्। आज बैंकिङ समयपछि यस आईपीओको निष्कासन बन्द गरिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँको १० प्रतिशतले …

पुरा पढ्नुहॊस »

आज थप २ हजार २९५ जनामा कोरोना संक्रमण

काठमाडाै । सोमबार   नेपालमा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १६   जनाको मृत्यु भएको छ भने १८०८  जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:९  प्रतिशत रहेका छ । आज १६  हजार २३३ नमुना परीक्षण गरिएको थियो  ।

पुरा पढ्नुहॊस »

किन घातक हुन हुन्छ बच्चाको ओठमा चुम्बन गर्दा?

काठमाडौं । बालबालिकालाई हामी गालामा, ओठमा चुम्बन गरेर माया प्रकट गर्छौं । आफ्नो बच्चालाई जथाभावी चुम्बन गर्नु स्वास्थ्यका लागि घातक हुन्छ । तर बच्चाहरुलाई त्यसरी गालामा ओठमा चुम्बन गर्नु भनेको बच्चाहरुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नु बराबर हो । सन २००१ मा व्रिटिस महिलाले आफ्नो बच्चाको एउटा तस्वीर सामाजिक सञ्जालमा राखेकी पोष्ट गरेकी थिइन । जुन तस्विरमा उनको बच्चाको मुख र अनुहारमा गम्भीर संक्रमण भएको देखिन्छ । महिलाका अनुसार बच्चाको ओठमा …

पुरा पढ्नुहॊस »

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद एक दिन थपियो

काठमाडौं ।बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद  आज सकिनेमा  आज सार्वजनिक बिदा परेका कारण आवेदन दिने म्याद १ दिन थप गरिएको छ । शेयरमा अब भदौ १५ गते अर्थात भोलीसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको काउन्टर पोखराको लेकसाइडमा

हिमालयन बैंकले  ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा गण्डकी प्रदेशको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित गौरीघाटमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ। उक्त  काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ कारोबारहरु गर्न सहजीकरण गर्नेछ।

पुरा पढ्नुहॊस »

धादिङमा टिपर र मिनी ट्रक एकआपसमा ठाेक्किँदा २३ जना घाइते

धादिङ ।  धादिङको नीलकण्ठ नगरपालिका ८ बगैँचामा  टिपर र मिनी ट्रक एकआपसमा ठाेकिएर दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिकाबाट धादिङबेसी आउँदै गरेको बा ३ ख ५६२६ नम्बरको मिनी ट्रक  सडकपेटीमा रोकिराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको हो । केहि  घाइतेलाई उपचारको लागि   हेलिकप्टर र एम्बुलेन्समार्फत काठमाण्डौमा रहेकाे ट्रमा सेन्टर पठाइएको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अन्य घाइतेहरूको भने  धादिङ अस्पतालमा …

पुरा पढ्नुहॊस »

करेन्ट लागेर महिलाको मृत्यु

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी निवासी ५३ वर्षीया अमिरका देवी सदाको  करेन्ट लागेर  मृत्यु भएको छ । मोटरमा जोडिएको विद्युतको  खुल्ला तारमा खुट्टा  परि उनलाई करेन्ट लागेको थियो । करेन्ट लागि घाइते भएकी उनको  उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »