एनएमबि बैंक ‘ग्रिन डिल अफ द इयर २०२१’ को उपाधिबाट सम्मानित

काठमाडौं । एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले दिने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ ।

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा रहेकाे अग्रणी बैंकको रुपमा सम्मान गरेको हाे ।

आईएफसीसँग सम्झौताअन्तर्गत एनएमबि बैंकले आईएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ।

एनएमबि बैंकले ग्रिन डिलअन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरुप्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरेबापत प्राप्त गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री