राष्ट्रिय वाणिज्य बैंकले चैनपुर नगरपालिकाका युवालाई सहुलियपूर्ण कर्जा दिने

काठमाडौं  ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् तथा  संखुवासभाको चैनपुर नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम संचालन गर्नेछ ।

त्यसपछि बैंकले तालिम प्राप्त उद्यमीहरुलाई नियमअनुसार अनुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको …

प्रतिकृया दिनुहॊस