नबिल बैंकको आकर्षक दशैं अफर

काठमाडौं । नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ ।

यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६प्रतिशत ब्याजदर (०.५प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिनेछ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको उद्येश्य रहेको छ ।

बैकको  देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सन्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वटै  र्बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्दि गर्न उच्चसेवा वितरणको लागी लक्षित रहेकाे बैंकले जनाएकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस