मंगलबार (आज) पनि शेयर बजारमा उच्च अंकको गिरावट भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार ४४ दशमलव ६४ अंकले घटेको बजार आज पनि ३४ दशमलव ७८ अंकले गिरावट आएर २ हजार ३८५ दशमलव शून्य २ विन्दुमा झरेको हो ।
मंगलबार २२७ वटा धितोपत्रको ३७ लाख ८३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार १३ समूहमध्ये होटल एण्ड टुरिजम समूहको शून्य दशमलव १ अंकले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
त्यस्तै, मंगलबार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा ड्रिष्टिलरीको ५ करोड ७५ लाख १ हजार ५५० रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।
प्रतिकृया दिनुहॊस