मुलुकको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुगेको छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सहकार्य गरेर नेपाललाई श्रीलंका नभएर समृद्ध नेपाल बनाउनु पर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

मुलुकको अर्थतन्त्र बाहिर प्रचार भए जस्तो श्रीलंकाको जस्तै अवस्थामा नपुगेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ थियो । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका लागि हामीसँग धेरै सम्भावना र उपायहरु रहेकाले सरकारले समाधान गर्ने तिर लाग्नु पर्ने आवश्यकता रहेको बताए ।

उपाध्यक्ष ढकालले नेपाल श्रीलंकाको बाटोमा गयो भनेर प्रचार गर्नु भन्दा कालोबादल भित्र चाँदीको घेरा हुने भएकाले त्यसको खोजी गर्न लाग्नु पर्ने बताए। ढकालले नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा नभएको भन्नुको आशय भने मुलुकको अर्थतन्त्र एकदमै सुरक्षित छ, सर्तकता अपनाउनु पर्दैन भन्ने अवस्था नरहेको बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस