नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र स्मार्टकार्ड नेपालवीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
काठमाडौँमा सोमबार आयोजित विशेष कार्यक्रमकावीच स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात माई पे वालेट प्रयोगकर्ताले माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्क्तानी गर्न सक्छन् भने माई पे मार्फत बिभिन्न व्यापार—व्यवसायमा आवद्व व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्नेछन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच मार्फत कारोवारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।
बिगत २० वर्षदेखि बिभिन्न भुक्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाईस टेक्नोलोजिज र एनआइसी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
प्रतिकृया दिनुहॊस