प्रदिप नेपाल

वैदेशिक रोजगार विभागले संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र जारी गर्ने

वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ। श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए। विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएको छ। अनलाइनबाट व्यक्तिगत र संस्थागत …

पुरा पढ्नुहॊस »

संविधानको रक्षाका लागि गठबन्धन बनेकाे हाे : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन्। उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई/दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताए। कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने उनको भनाइ थियो। भरतपुर महानगरपालिकामा कसरी अघि बढ्ने भन्ने विषयमा वार्ता र छलफल भइरहेको उनले बताए। उनले भने, “जिल्लास्तरीय नेताहरुले सभापतिलगायत अन्य नेताहरुसँग भेट गर्नुभएको …

पुरा पढ्नुहॊस »

कांग्रेसले उम्मेदवार टुंगो लगाउन सात प्रदेशमा सात सहमहामन्त्री खटाउँदै

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सहमहामन्त्रीलाई उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ। आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुंगो लगाउन वैशाख ३ गते सहमहामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो। उनीहरूलाई प्रदेशमा उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ। प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ। …

पुरा पढ्नुहॊस »

पवन आलोकको नियात्रा “पहाड र लमतन्न समुद्र”को लोकार्पण

नियात्रा समाज नेपालले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरेको नियात्राकार पवन आलोकको नियात्राकृति “पहाड र लमतन्न समुद्र”को लोकार्पण भयो। नियात्रा समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै समाजका अध्यक्ष एवं साहित्यकार प्रतीक ढकालले पवन आलेकका नियात्राले पाठकलाई नढाँट्ने दावी गरे। यस्तै समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले आलोक नियात्रामा सिधा भन्ने गरेकाले उनका नियात्रा पढ्न पाठकलाई सहज हुने बताए। कार्यक्रममा बोल्दै साझा प्रकाशनका महाप्रबन्धक एवं साहित्यकार प्रल्हाद पोखरेलले साझा प्रकाशनको अवस्था बारेमा …

पुरा पढ्नुहॊस »

नबिल बैंकको नयाँ वर्ष अफरः क्यूआर मार्फत हुने कारोबारमा क्यासब्याक

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोष को सहकार्यमा आधारित “क्यूआर-कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो । विशेषगरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उद्देश्यको साथ यो योजना …

पुरा पढ्नुहॊस »

सरकारले त्रिदेशीय शृंखला विजेता टिमलाई जनही दुई लाख दिने

घरेलु मैदानमा भएको त्रिदेशीय ट्वान्टी २० शृंखला विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सरकारले जनही नगद दुई लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीहरूलाई जनही दुई लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले शृंखला विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार शृंखला खेलेका १६ खेलाडीले जनही दुई/दुई लाख नगद पुरस्कार …

पुरा पढ्नुहॊस »

अर्थहीन परिवर्तनले जनतालाई सन्तुष्ट पार्न सकेको छैन : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहले अर्थहीन परिवर्तनले नेपाली जनता सन्तुष्ट नभएको टिप्पणी गरेका छन्। नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको टिप्पणी गरेका हुन् । वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्ने उनको तर्क छ। भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनुपर्ने पूर्वराजाले धारण व्यक्त गरेका छन् । नेपालीको घर–घरमा …

पुरा पढ्नुहॊस »

एनआईबिएल एस क्याप्टिलको नयाँ वर्ष अफर

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को पावन अवसरमा सम्पूर्ण नेपाली लगानीकर्ताहरु माझ विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ । यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै निम्न योजनाहरु ल्याएको छः -मात्र रु २००० मा जीवनभरलाई डिम्याट र मेरो शेयर नविकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुबैलाई लागू हुने -लगानी व्यवस्थापन सेवामा आवद्घ भई पहिलो वर्षमा ७०% वार्षिक …

पुरा पढ्नुहॊस »

२७औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा ‘आइएमई पे’

आउँदो वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ । ६ दिनसम्म संचालन हुने उक्त मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे बन्ने भएको छ । हालै राजधानी काठमाडौँमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी दिइएको हो । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनीको यो २७औँ संस्करण यसअघि …

पुरा पढ्नुहॊस »

ओखलढुंगामा जीप दुर्घटना, तीन प्रहरीकाे मृत्यु

ओखलढुंगामा बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुरस्थित सिद्धिचरण राजमार्गमा बुधबार बिहान जीप दुर्घटनामा परेकाे थियाे। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउँदै गरेको बा१७च १०९४ को डबल क्याप बोलेरो सडकबाट १५० मिटर तल खस्दा तीन प्रहरी कर्मचारीको मृत्यु भएको हो। बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी जवान रुपन विष्टको उपचारको …

पुरा पढ्नुहॊस »