अष्ट्रियाका राजदूत र ऊर्जामन्त्री भुसालबीच शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूले दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा विचारविमर्श गरे।

भेटमा ऊर्जामन्त्री भुसालले पाटन सङ्ग्रहालय र केशर महलस्थित बगैँचाको जीर्णोद्वारमा अष्ट्रियाले पुर्याएको सहयोगप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरिन्। उनले वातावरण र सांस्कृतिक सम्पदा संरक्षण, खानेपानी एवं पर्यटन विकासमा अष्ट्रियाले नेपाललाई सहयोग गरेको स्मरण गरिन् । उनले जलवायु परिवर्तन र वातावरणीय प्रभावका विषयमा पनि दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

मन्त्री भुसालले सन् २०३० सम्ममा दिगो विकासका लागि हासिल गर्नुपर्ने लक्ष्य भेट्टाउनका लागि अष्ट्रिया सरकारको साथ रहने विश्वास व्यक्त गरिन् । नेपालका लागि राजदूत नियुक्त भएकामा बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री भुसालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग …

प्रतिकृया दिनुहॊस