मलेसियामा कोभिड संक्रमण बढ्दै, एकैदिन ६ हजार संक्रमित थपिए

मलेसियामा पछिल्लो समय कोभिड १९ को संक्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ।

यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुनेकाे संख्या बढेकाे पनि बताएका छन्। उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ ।

यहाँ अहिलेसम्ममा ४४ लाखभन्दा बढी संक्रमित भएका छन् भने ३५ हजार जनाभन्दा बढीको कोभिडका कारण ज्यान गएको छ।

यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरुको पालनामा पनि कडाइ गरेका बताइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस