नेप्सेमा ४ दशमलव ९४ अंकको सुधार

साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ। बुधबार ३६ दशमलव ७३ अंकले घटेको बजार आज ४ दशमलव ९४ अंकले बढेर २ हजार ३२५ दशमलव ४५ विन्दुमा पुगेको हो।

बिहीबार २३१ वटा धितोपत्रको ३९ लाख ९१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

बिहीबार १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी अन्य समूहको २ दशमलव शून्य ५ प्रतिशतले बढेको हो।

त्यस्तै, बिहीबार पनि जाल्पा सामुदायिक लघुवित्त र ग्रिन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको आधारमा नेष्डो समृद्ध लघुवित्तको १० करोड ३६ लाखभन्दा बढी रुपैयाँको शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको …

प्रतिकृया दिनुहॊस